१ जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले माग्यो सिंहदरबार गेटको सीसीटीभी फुटेज, अर्थ मन्त्रालयभित्रको फुटेज फेला नपरेपछि सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने समितिको निर्णय ।
२ एसपीपी सम्झौता रद्द भएको विषयमा अमेरिकालाई पत्र लेख्न ढिला गर्न नहुनेमा माधवकुमार नेपालको जोड, परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको भनाइ ।
३ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्यो पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक, सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने मन्त्रालयको तयारी ।
४ भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु, दुर्घटनामा परि १२ जना घाइते ।
५ झापाको कचनकवल गाउँपालिका–५ मा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला, सामूहिक आत्महत्या हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान, घटनाबारे थप अनुसन्धान हुँदै ।
६ स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सुझाव, उपचारका लागि देश बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सबै लाग्नुपर्नेमा जोड ।
७ नागरिकता ऐनमा एमालेले दोहोरो चरित्र देखाएको माओवादी केन्द्रका इन्चार्ज वर्षमान पुनको आरोप, नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन चेतावनी ।
८ दाङमा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास, बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ ।
९ रुपन्देहीमा सञ्चालित अवैध कल सेन्टरमा प्रहरीको छापा, ७ सञ्चालकसहित १५० जना पक्राउ, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने र चिट्ठा पर्यो भन्दै सर्वसाधारणलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धान ।
१० नेपालमा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण पुष्टि, ९५ जना संक्रमणमुक्त हुँदा २ जनाको मृत्यु ।
११ आर्थिक रूपमा धराशायी बन्दै त्रिभुवन विश्वविद्यालय, लक्ष्यभन्दा ५० प्रतिशत कम आम्दानी, बेरुजु मात्रै २४ अर्ब २६ करोडबढी ।
१२ मौद्रिक नीतिपश्चात सेयर बजार सकारात्मक, नेप्से परिसूचक ६१ अंकले बढ्दा २ अर्ब ७३ करोडको कारोबार, १३ वटै सूचक हरियाली ।
१३ अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा, आगलागीका कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो, ४ हजारभन्दा बढी हेक्टरमा फैलियो डढेलो ।
१४ साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने, सुखद सुरुवातको योजनामा नेपाल ।
१५ नेदरल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै फ्रान्स पहिलो पटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया