भिडियाेमा हेर्नुहाेस् आजका टप फिप्टिन हेडलाइन्स

लोकपथ
70
Shares

१  राष्ट्रियसभाबाट नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत, संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकाले शंका नगर्न सांसदहरूलाई गृहमन्त्री बालकृष्ण खाँणको आग्रह ।

२  प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सार्वजनिक कार्यक्रमस्थलमै नाराबाजी, नागरिकता विधेयक र एमसीसी खारेजीको माग ।

३  जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेन, प्रहरीले छानबिन समितिलाई बुझायो जेठ १४ गतेको सीसीटीभी फुटेजको ’फरेन्सिक रिपोर्ट’, सिलबन्द रहेको रिपोर्ट मंगलबार खोलिने ।

४  एक वर्षमा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो, २ खर्बको वस्तु निर्यात, एक वर्षमा १७ खर्ब २० अर्बको व्यापार घाटा ।

५  नेपालमा कोरोना संक्रमण दिनहुँ फैलदै, पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु, साउन यता मात्रै कोरोना संक्रमणका कारण ५ जनाले ज्यान गुमाए ।

६  हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाद्वारा चिन्ता व्यक्त, विलासिताका समानदेखि खरानीसमेत आयात, एक वर्षमै झन्डै २० खर्ब बाहिरियो
खरानीसमेत आयात

७  पर्सामा ४ वर्षीया बालिकाको बलात्कारपछी हत्या, तीन जना पक्राउ, घटनामा संलग्न एक जना फरार ।

८  आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने राष्ट्र बैंकको प्रक्षेपण, एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने अनुमान ।

९  तराई–मधेस द्रुतमार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न सरकारलाई विकास तथा प्रविधि समितिको निर्देशन, आयोजनाको लागत बढ्न नदिन र गुणस्तरीय काम गर्नमा समितिको जोड ।

१०  काठमाडौंको गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ, छापा मारेको कल सेन्टरबाट ल्यापटपलगायतका विद्युतीय उपकरण बरामद ।

११  सेयर बजारको उकालो यात्रामा सोमबार पनि निरन्तरता, नेप्से परिसूचक ५४ अंकले बढ्दा ४ अर्ब १० करोडको कारोबार, लगानीकर्ता उत्साहित ।

१२  ७० भन्दा बढी देशमा फैलियो मंकीपक्स भाइरसको संक्रमण, १६ हजारभन्दा बढीमा संक्रमण, हालसम्म पाँच जनाको मृत्यु ।

१३  म्यानमारको सेनाद्वारा ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड, सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय समूदायद्धारा निन्दा ।

१४  राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आगामी आइतबार बस्ने, बैठकमा मुख्य दुई एजेण्डामा छलफल हुने ।

१५  नेपाल टि–२० लिग फ्रेन्चाइज टोली लुम्बिानी अल स्टार्सको लोगो सार्वजनिक, नेपाल टि–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुदैँ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?