१ राष्ट्रिय परीक्षा बोर्डले गर्यो एसईईको नतिजा सार्वजनिक, ९ हजार ६ सय ३३ जनाले ल्याए ३.६ देखि ४ जीपीए ।
२ जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिद्वारा प्रतिवेदन लेखन सुरु, करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताको यथेष्ट प्रमाण भेटिएन, प्रमाणलाई देखाएर विशेष समितिले उन्मुक्ति दिन सक्ने आशंका ।
३ सञ्चारमाध्यमलाई समय सुहाउँदो रूपमा परिमार्जिन गर्दै लैजानुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड, सत्यतथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने भनाइ ।
४ सिसडोलको सडक अवरुद्ध हुँदा एक हप्तादेखि उठेन काठमाडौंको फोहोर ,सडकमै फोहोर थुप्रिन थाले पछि बढ्यो उपत्यकामा प्रदूषण ।
५ नेपाल दक्षिण एसियामै उदाहरणीय मुलुकका रुपमा उभिने गरी सरकारले काम गरिरहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति सरकार प्रतिबद्ध ।
६ नेपालमा कोरोना संक्रमणदर दिनहुँ उकालो लाग्दै, पछिल्लो २४ घण्टामा ५६४ जनामा संक्रमण पुष्टि, २०२ संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु ।
७ नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन ढिलाइ गरेको बारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नु पर्नेमा जोड ।
८ ‘भिजिट भिसा’ लिएर रोजगारीका लागि विदेश नजान गृह मन्त्रालयको आग्रह, भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने गरेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन सुसूचित ।
९ नेपालमा सुनचाँदीको आयात बढ्यो, एक वर्षमा ३५ अर्बको सुन र १३ अर्बको चाँदी भित्रियो ।
१० बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक करिब २४ अंकले बढ्दा सवा ३ अर्बको कारोबार, १५६ कम्पनीको सेयर मूल्य बढ्यो ।
११ सन् २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण, अमेरिका र बेलायतमा मूल्यवृद्धि पछिल्लो ४० वर्षयताकै उच्च अंकमा ।
१२ फिलिपिन्समा ७ दशमलब १ म्याग्निच्युडको भूकम्प, ४ जनाको मृत्यु, ६० जनाभन्दा धेरै घाइते ।
१३ युरोपमा रेकर्ड–ब्रेकिङ तातो हावाको लहर, दुई महिना अझै गर्मी रहने मोसमविद्हरुको प्रक्षेपण ।
१४ साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिष्पर्धा गर्दै, श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेश गर्ने दाउमा नेपाल ।
१५ प्रिन्स दाहालसहित १० खेलाडीलाई ओलम्पिकमा छात्रवृत्ति, छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक ७५० डलर प्राप्त गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया