त्यस्तै जात्रा अवधिभर खानेपानीको व्यवस्था गर्नका लागी खलंगा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघ आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बताइन् । उनका अनुसार जात्रा अवधिभर अस्थायी स्वास्थ्य शिविर र प्राथमिक उपचारको व्यवस्था गर्न जनस्वास्थ्य सेवा कार्यालय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकालाई अनुरोध गरिएको छ ।
त्यस्तै फोहोर मैला व्यवस्थापनलाई मध्यनजर गरी अस्थायी शौचालय बनाउने निर्णय गरिएको छ । प्रअिज प्रसाईंले सो अवधिभर ट्राफिक व्यवस्थापका लागी जिल्ला प्रहरी जुम्लालाई आग्रह गरिएको बताइन् ।
जात्रालाई मध्यनजर गरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ । जात्रा हेर्न आउने जात्रालुलाई मध्यनजर गरी स्वयम सेवक परिचालन गरिने छ । उनले भनिन्, ‘यही साउन १० गतेबाट विधिवरुपमा सुरु गरिने भएको छ । उनका अनुसार पछिल्ला केही वर्षयता जुम्लामा मनाइने जात्राको परम्परागत मूल्य मान्यतामा फरक देखिन थालेको छ ।’
त्यस्तै नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जात्रालाई व्यवस्थित बनाउनका लागी सुरक्षा कर्मी र सरोकारवाला सबैको सहयोग गर्नु पर्ने बताए ।
त्यस्तै नेपाल पत्रकार महसंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले संकृतिकसँग जोडिएका विकृति हटाउनु पर्ने बताइन् । शाहीले, जुम्लामा देखाइने जात्रामा महिलाले प्रयोग गर्ने भित्रिबस्त्रहरूको प्रदर्शन रोक्नु पर्ने बताइन् ।
त्यस्तै खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख डाक्टर ईश्वर सुवेदीले संस्कृति, र धर्ममा नाममा उठाइने शुल्क स्वइच्चुक गर्नु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी प्रसाईंले संस्कृतिक बचाउने नाममा गरिने विकृत हटाएर समाजमा सचेतना मूलक सन्देश दिन जरुरी रहेको बताइन् । यो जात्रामा समाजमा रहेका विसंगति विकृति अन्त्ये गर्ने खालका सन्देश युवा पुस्ताले देखाउनु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया