काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले एसिया भ्रमण सुरु गर्दै छिन् । लागेकी छिन् ।
पेलोसिले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण सुरु गरेको उनको कार्यालयले जनाएको छ । तर, सर्वाधिक चासोको देश ताइवानको सम्भावित भ्रमणबारे केही उल्लेख गरिएको छैन् ।
उनले स्वशासित टापुको भ्रमण गर्न सक्ने तीव्र अनुमान गरिएको छ । ताइवानलाई चीनले दाबी गर्दै आएको छ । ताइवानको भ्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चीनले अमेरिकालाई चेतावनी दिएको छ ।
२५ वर्षयता कुनै पनि उच्च पदस्थ अमेरिकी निर्वाचित अधिकारीले ताइवान भ्रमण गरेका छैनन् । ६ सदस्यीय कंग्रेसको प्रतिनिधिमन्डलको भ्रमणले अमेरिकी ‘सहयोगी र यस क्षेत्रका साथीहरूप्रति अमेरिकाको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्न’ खोज्नेछ । यो भ्रमण सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानसहित ‘इन्डो–प्यासिफिक क्षेत्र’ को हुने उनको कार्यलयले जनाएको छ ।
चीनले ताइवानलाई एउटा छुट्टिएको प्रान्तको रूपमा हेर्छ । चीनलाई आफ्नो देशको एउट अशंको रूपमा हासिल गर्न बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया