भारतको केरलमा एउटा यस्तो घटना घटेको छ जुन सुन्दा पनि अत्यास लाग्छ ।केरलाको इडुकीमा केहि दिन पहिला अब्दुल सियादकी श्रीमती सलिनाको ३० वर्षीय युवक गिरिशले विभत्स हत्या गरे । जुन हत्या आर्थिक लेनदेनको विवादमा भएको थियो ।घटना के भएको थियो भने क्षेत्रीस सभासद् समेत रहेकी सलिनाले गिरिशसँग एक लाख आठ हजार भारु लिएकी थिइन्, जुन उनले फिर्ता गरेकी थिइनन् ।गिरिशले महिलाका लागि किस्तामा एक कार खरिद गरेका थिए तर सलिनाले उक्त कारको किस्ता पनि समयमा चुक्ता गरिरहेकी थिइनन् ।गिरिशलाई पैसाको आवश्यकता थियो । उनी पैसा फिर्ता लिन सलिनाको घरमा गए । त्यहाँ सलिनाले पैसा दिन अस्विकार घरेपछि महिलाको बायाँ स्तन काटिदिए । त्यसलाई प्लाष्टिक ब्यागमा हाले र आफ्नो घर लगे ।त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया