ताज महल ‘भारतीय संस्कृतिमा दाग’?

३० असोज- भारतीय जनता पार्टीका एकजना विधायेक संगीत सोमले ताजमहललाई ‘भारतीय संस्कृतिमाथिको एक दाग’ भनेका हुन् । विश्वप्रसिद्ध स्मारक ताज महलबारे उनको गम्भीर टिप्पणीले भारतमा हंगामा भएको छ उत्तर प्रदेश राज्यका सांसद उनले मेरठ शहरमा आफ्ना समर्थकहरुका एक भेलालाई सम्बोधन गर्दै त्यस्तो टिप्पण गरेका हुन्। उनले समर्थकहरुलाई सम्बोधन गर्दै भनेका थिए, “जो व्यक्तिले आफ्ना बाबुलाई थुनामा राखेका थिए के त्यो भारतीय इतिहास हो?” उनको अर्को प्रश्न थियो, “ताज महल बनाउनेले उत्तर प्रदेश र हिन्दूस्थानमा थुप्रै हिन्दूहरुलाई निशाना बनाए के त्यसलाई इतिहास मान्न सकिन्छ? यदि त्यो इतिहास हो भने त्यो दुर्भाग्यपूर्ण छ र हामी त्यो इतिहासलाई परिवर्तन गर्नेछौं।” उनले भनेजस्तो सन् १६४३ मा आफ्नी प्यारी श्रीमतिको स्मृतिमा ताज महल निर्माण गर्न लगाउने मुस्लिम मुगल बादशाह शाहजहांले आफ्ना बाबुलाई थुनामा राखेका थिएनन्। बरु उनलाई नै उनका छोरा औरंगजेबले मृत्युपर्यन्त थुनामा राखेका थिए। विधायक संगीत सोम विवादास्पद अभिव्यक्तिका लागि परिचित छन्। उत्तर प्रदेशका विधायक संगीत सोमको टिप्पणीप्रति सामाजिक संजालका वेबसाइटहरुमा आक्रोश र स्तब्धतापूर्ण अभिव्यक्तिहरु भैरहेका छन्। ट्वीटरमा सोमबार ताज महल शब्द सर्वाधिक चर्चित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?