१. काठमाडौं महानगरभित्र बनाइएका अवैध संरचनामा मेयर बालेन शाहको नजर, दिनहुँ डोजरसहित अन्डरग्राउण्ड पार्किङका लागि संरचना भत्काउँदै, साना फुटपाथ, सपिङ कम्ल्पेक्सदेखि काठमाडौं जिल्ला अदालसम्म टार्गेटमा ।
२. संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे महान्याधिवक्ता खम्बबहादुर खातीले गरे राष्ट्रपतिसमक्ष ब्रिफिङ, उक्त विधेयकले पीडितका समस्या सम्बोधन गर्ने नगर्नेबारे कानुनमन्त्रीसमक्ष राष्ट्रपतिको प्रश्न ।
३. शुक्रबारबाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि नेकपा एमालेले तयार गर्यो ११ एजेण्डा, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउनेदेखि राजनीतिक प्रतिवेदनमा छलफल गर्नेसम्म ।
४. आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चेतावनी, आगामी निर्वाचनमा आफ्नो पार्टीको हैसियत देखाइदिने दाबी ।
५. नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उठाए राष्ट्रपतिमाथि प्रश्न, नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरुसँग परामर्श गर्नु संविधानविपरीत भएको भट्टराईको आरोप ।
६. आगामी प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा राजनीतिक दलले भाग लिने, प्रदेशतर्फको निर्वाचनमा भने ७५ वटा मात्रै दल सहभागी हुने ।
७. विश्व ‘हरित ऊर्जा’ प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा ऊर्जामन्त्री पम्फा भुसालको जोड, संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख ।
८. दिवा खाजामा चना चटपटे खाँदा काँकडभिट्टा माविका ३२ जना विद्यार्थी बिरामी, बिरामी विद्यार्थीको भद्रपुरस्थित मेची अस्पतालमा उपचार हुँदै ।
९. एक महिनामा साढे दुई अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो, सबैभन्दा बढी मोबाइल फोन आयात चीनबाट ।
१० नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ९ सय ५४ परीक्षणमा थप ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ७ जना संक्रमण मुक्त हुँदा ३ जनाको मृत्यु ।
११ बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसुचक १८ दशमलब २९ अंकले घट्दा १ अर्ब ७१ करोडको कारोबार ।
१२. रुसले गर्यो युक्रेनी रेल स्टेसनमा मिसाइल आक्रमण, आक्रमणमा परी १५ जनाको मृत्यु, ५० जना घाइते ।
१३. पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई थप एक साता पक्राउ नगर्न अदालतको आदेश, खानको मुद्दामा सेप्टेम्बर १ मा अदालतले सुनुवाइ गर्ने ।
१४. गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ५० दिन मात्रै बाँकी, प्रतियोगिताको तयारी र सम्पन्न भएका कार्यहरुको विवरण सार्वजनिक ।
१५. खेलकुद नीतिको तयारीमा जुट्यो बागमती प्रदेश सरकार, खेलकुद नीतिको प्रारम्भिक मस्यौदा तयार गर्न ५ सदस्यीय विज्ञ समिति गठन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया