विदेश जान खोज्ने झण्डै दुई सय जना अनुसन्धानको दायरामा तानिए

लोकपथ
0
Shares

काठमाडौं । पर्यटक बनेर खाडी मुलुक जान खोज्ने झण्डै दुई सय जनालाई विमानस्थल प्रहरीले अनुसन्धानको दायराको ल्याएको छ । भदौ ८ गते बुधवारदेखि आज शजिवारसम्म विभिन्न एयरलाईन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका १ सय ९७ जना यात्रु शंकाको घेरामा परेका हुन् ।

उनिहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्ने क्रममा हवाई यात्रा अनुमती कागजातहरु शंकास्पद देखिएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यात्रा अनुमती कागजातहरु शंकास्पद देखिएका १ सय ३ जना महिला र ९४ जना पुरुष छन् । उनिहरुलाई आज आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयको मानव बेचविखन अनुसन्धान ब्यूरोमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?