लोकपथ टप फिप्टिन : नागरिकता विधेयक अब विधायन समितिमा, डा. गाेविन्द केसी अनसनको तयारीमा

लोकपथ
182
Shares

१. राष्ट्रपतिद्वारा फिर्ता पठाइएको नागरिकतासम्बन्धि विधेयक विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत, विधेयकमाथि छलफल गर्न विधायन समितिको बैठक आह्वान ।

२. कांग्रेसले धेरै भाउखोजे गठबन्धन भित्रकै वामपन्थीहरुबीच मोर्चाबन्दी गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चेतावनी, आफूहरुको पहिलो प्राथमिकता कांग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्टोक्ति ।

३. अध्यक्ष केपीशर्मा ओलीको संयोजकत्वमा नेकपा एमालेले बनायो ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटि, कमिटिमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन, परिचालन कमिटिको सचिवमा विष्णु रिमाल ।

४. कर्णाली प्रदेश सरकार मा नेकपा माओवादी केन्द्रबाट सहभागी दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्रीमा कृष्णा शाह र रातो कामीको नाम सिफारिस ।

५. आगामी निर्वाचनमा गठबन्धन देशको आवश्यकता भएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको भनाइ, जनता प्रति उत्तरदायी भएर काम छिटो गर्न सुझाव ।

६.सार्वजनिक जग्गा अतिक्रमण र नक्सापास बिनै बनाइएका भौतिक संरचना हटाउने हेटौंडा उपमहानगरपालिकाको तयारी, अवैध संरचना हटाउनेसम्बन्धि ३५ दिने सूचना निकाल्न निर्देशन ।

७. त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनेरास्ववियु र नेबिसंघका विद्यार्थीबीच झडप, दर्जनौँ विद्यार्थी र केही प्रहरी घाइते ।

८. ६ बुँदे मागसहित डा.गोविन्द केसीद्वारा अनसनको घोषणा, स्वास्थ्य क्षेत्र र अन्य सरोकारमा आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने ।

९. काठमाडौंका ३२ वटै वडामा एमडी इन जनरल प्य्राक्टिस र इन्जिनियर राख्ने मेयर बालेन शाहको प्रस्ताव, फिजिसियन राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन र उपचार गर्न सजिलो हुने भनाइ ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १३ पुग्यो ।

११. साताको पहिलो दिन नै सेयर बजारमा देखिएन गतिलो संकेत, नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट, बजार घट्दा पनि २ अर्ब ५ करोड बराबरको कारोबार ।

१२. भारतको नोएडामा कानून विपरीत बनाइएका दुईवटा गगनचुम्बी भवन भत्काइयो, एपेक्स र केयननाम गरेका यी भवन भत्काउन ३ हजार ५ सय केजी विस्फोटक पदार्थको प्रयोग ।

१३. रुसले कब्जा गरेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिए, हमलापछि रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटल पूर्ण रुपले ध्वस्त ।

१४. नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको व्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त, चुनौतीहरुको सामना गर्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता ।

१५. लालिगाअन्तर्गतको फुटबल खेलमा आज राती रियल मड्रिड र इस्पेनियोल भिड्दै, इस्पेनियोललाई पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लने दाउमा मड्रिड ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?