काठमाडाैं । केन्यासँगकाे पाँचाैं तथा अन्तिम टी–२० श्रृंखलामा नेपालले जितेसँगै नेपालले सिरिजमा कब्जा गरेकाे छ । ३-२ ले सिरिज नेपालले आफ्नाे पाेल्टामा पारेकाे हाे ।
नेपालले अन्तिम तथा निर्णायक टी–२० खेलमा घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ थियाे । जबाफि ब्याटिङमा उत्रिएकाे केन्याले ७ विकेटकाे क्षतिमा १४४ रन मात्र बनाउन सक्याे ।
नैरोबीस्थित जिमखानामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको थियाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरेका थिए ।
त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २२ र रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए । बलिङमा कप्तान सन्दिप र बसीर अहमदले २-२ विकेट लिए ।
केन्याका लागि नेहेमिया ओडिम्बोले ३७, काेलिन्सले २३, इर्फान करिमले २८ रन बनाए । बलिङतर्फ नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए ।
यसअघिका दुई खेलमा भने नेपालले हार बेहाेरेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया