अमेरिका र क्यानाडाबीच नयाँ व्यापार सम्झौता

एजेन्सी : उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा सुधार गर्दै अमेरिका र क्यानाडाबीच एक नयाँ व्यापार सम्झौता भएको छ ।

यो सम्झौताले क्यानाडाको दुध बजारमा अमेरिकाको बढी पहुँच र अमेरिकी बजारमा क्यानाडाको कार निर्यातमा सीमा लगाउने भएको छ ।

अमेरिका, क्यानाडा र मेक्सिकोबीचको नाफ्टा अन्तर्गत वर्सेनी १ ट्रिलियन अमेरिकी डलर भन्दा बढीको व्यापार हुनेगर्छ ।

क्यानाडाअघि अमेरिकाले मेक्सिकोसँग नाफ्टामा सुधार गरी नयाँ सम्झौता गरिसकेको छ । यसअघि बसेको बैठकमा क्यानाडा र अमेरिकाबीच सम्झौता हुन सकेको थिएन् ।

अ‍ेरिकाकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटथाइजर र क्यानाडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले जारी गरेको संयुक्त विज्ञप्तिमा २१ औं शताब्दीको नयाँ आधुनिक व्यापार सम्झौता भनी व्याख्या गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?