काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिवार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन् । रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि ३–० को सहज जित निकाल्यो ।
२१ औं मिनेटमा राफिन्होको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ३६ औं मिनेटमा लोवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा गार्सियाले गरेको गर्दा बार्सिलोनाले सहज जित पायो । बार्सिलोना १० अंक सहित दोस्रो स्थानमा छ ।
यता, अर्को खेलमा रियल बेटिसमाथि २–१ को जित निकाल्दै साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा सतप्रतिशत जित यात्रा कायम राखेको छ । सान्टियागो बर्नबेउमा घरेलु टिमको जित यात्रालाई कायम राख्न भिनिसियस जुनियर रोड्रिगोले गोल गरे । रियल बेटिसका सर्जियो क्यानालेसले गोल गरेका थिए ।
जितसँगै चार खेलबाट १२ अंक जोडेको मड्रिड शीर्ष स्थानमा छ । यस्तै, समान खेलबाट ९ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया