काठमाडौं । मदिरा सेवन गरि ट्याक्सी चलाउँदै गरेका दुई चालकलाई गएराति कारबाहीका लागि उपत्यकाका विभिन्न वृतहरूमा पठाएको छ ।
मापसे गरेर ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा काठमाडौंको सुकेधाराबाट गएराती ९ बजे बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार र कीर्तिपुरबाट बा २ ज ६५४ नम्बरको ट्याक्सी चलाउँदै गरेका ललितपुर उपमहानगरपालिका ९ बस्ने ४६ वर्षीय राजेन्द्र महर्जनलाई साढे ९ बजे नियन्त्रणमा लिएर कारबाहीका लागि पठाइएको हो ।
उनिहरुमध्ये सुनारलाई महाराजगञ्ज वृत पठाइएको छ भने महर्जनलाई प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले कताए ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि अनिहरुलाई नियन्त्रणमा लिइएको भट्टको भनाई छ । प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउन म्याद थपका लागि आज (आइतवार) जिल्ला अदालत पठाइएको छ ।
सार्वजनिक सवारी साधनका चालकहरुले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागि ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत प्रवक्ता भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया