सामसङले ल्यायो कन्टेन्टमा काम गर्ने युवा पुस्ता लक्षित बहुउपयोगी “Samsung Galaxy A13”

लोकपथ
63
Shares

सामसङ ‘ए’ सिरिज अन्तर्गत ग्यालेक्सी ए १३ स्मार्टफोन नेपाल भित्रिएको छ । मिड रेन्जमा विश्व बजारमा रूचाइएको यो फोनलाई सामसङले नेपाली बजारमा भित्राएको छ । विशेषगरी कन्टेन्टमा काम गर्ने युवा पुस्ताका लागी यो स्मार्टफोन उपयोगी हुने कम्पनीको दाबी छ ।

क्क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस (१ टिबीसम्म विस्तार गर्न मिल्ने)अनि आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने क्रियटरहरुको माग पूरा गर्नको लागि यो एक उत्तम कम्बो रहेको कम्पनीले जनाएको छ ।सबै हाइ–एण्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र शक्तिशाली प्रोसेसर सहितको फोन  उचित मूल्यमा उपलब्ध गराएको कम्पनीको दावी छ ।

फोनमा ५० मेगापिक्सेलको क्वाड क्यामेरा रहेको छ । एन्ड्रोइड १२ मा आधारित अक्टाकोर प्रोसेसर रहेको यो फोनमा  5 MP अल्ट्रावाइड र 2 MP डेप्थ र म्याक्रो सेन्सरहरू छन्, साथै अगाडि 8 MP सेन्सरहरू छन् ।  सुरक्षाका लागि नक्स सेक्युरिटी उपलब्ध हुनेछ ।

४ र ६ जीबी र्याम भेरियन्टमा उपलब्ध हुने तथा आवश्यक पर्दा ६ जीबीसम्म र्याम बढाउन मिल्ने यो फोन ३२, ६४ र १२८ जीबी रोममा उपलब्ध हुनेछ । यो फोनमा १५ वाटको फास्ट चार्जिङ सिस्टमसहित ५००० एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्री रहेको छ ।

केवल रु.२१,४९९/– बाट सुरु हुने मूल्यमा यी सबै फिचरहरु प्राप्त हुने भएकोले युवा क्रिएटरहरुका लागि यो फोन अति उपयोगी हुने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?