एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई टयारिफ किंग भनेर चीनमाथि व्यापार हमला गरेको विज्ञहरूले बताएका छन् ।
वस्तुहरूमा थप महशुल थप्ने कामलाई टयारिफ भनिने र थप महशुल थप्ने काम भारतले धेरै गरिरहेको अर्थ लाग्ने गरेर ट्रम्पले भारतमाथि यस्तो आरोप लगाए ।
ट्रम्पका टिप्पणीहरू विवादित र भिन्न अर्थ लाग्ने गरेको विज्ञहरूको बुझाइ छ । भारतलाई टयारिफ किंग भन्दा भारतले धेरै महशुल थपेको अर्थ लाग्छ ।
तर भारत भन्दा अमेरिकाले धेरै बढी टयारिफ लगाएको छ ।
भारतको विदेश व्यापार प्रतिष्ठान(आईआईएफटी)का निर्देशक तथा वरिष्ठ अर्थशास्त्री मनोज पन्तले ट्रम्पको टयारिफ किंगको टिप्पणीबारे बीबीसीसँग गरेको कुराकानीमा यस्तो बताएका हुन् ।
ट्रम्प बोली फेर्ने नेताको रूपमा देखिन थालेपछि उनको यो भनाइले व्यापारमा असर नपर्न सक्ने देखिएको छ । ट्रम्पको अभिव्यक्तिबाट उनको सोचको घेरा धेरै सानो भएको देखिनछ ।
हार्ली डेभिडसन मोटरसाइकलको सन्दर्भलाई लिएर ट्रम्पले भारतमा सबै अमेरिकी वस्तुमा उच्च टयारिफ थपेको बुझाइ राखेका छन् ।
भारतीय बजारमा यो मोटरसाइकलको कारोबार केही करोड डलरको मात्र छ ।यसले दर्शाउँछ यो अभिव्यक्ति सोचेर दिइएको जस्तो नदेखिएको पन्तले जनाए ।
यसले ट्रम्पसंग व्यापार र महशुल थप्ने विधिबारे जानकारी सिमित रहेको दर्शाउाछ । यसको आधारमा उनले विभिन्न देशसँग व्यापार नीति तयार गरिरहेका छन् ।
दुई देशको व्यापार सम्बन्धलाई फरक फरक देशहरूसँग बनाउने प्रयास भए सन् १९३०को दृष्टान्तबाट व्यापार ठप्प हुने देखिन्छ । यसबाट कसैको फाइदा नहुने देखिएको उनले जनाए ।
दुई पक्षीय व्यापारको विषय अब पुरानो समयको विषय हुन पुगेको छ । अहिले कुनै उत्पादन एक देशले बनाउने र अर्को देशलाई बेच्ने अवस्था छैन् । उदाहारणका लागि टोयटा गाडीलाई लिउँ ।
यसको इन्जिन जापानबाट र अन्य उपकरण सिंगापुरलगायतका देशबाट भारतमा आउने र त्यहाँ उत्पादन भएका पार्ट पुर्जा मिलाएर टोयटा निर्माण गरिन्छ ।
यस्तोमा भिन्न देशले टयारिफ लगाउने काम गरे यो व्यापार रोकिन्छ ।
ट्रम्पको टयारिफ किंगको टिप्पणीलाई चीनसँग अमेरिको व्यापार युद्धको सन्दर्भमा हेरौं । जुन वस्तुमा टयारिफ लगाइएको छ त्यो वस्तु धेरै कम छ । इलेक्ट्रनिक्स वस्तु धेरै महत्वपूर्ण छ ।
त्यसमा टयारिफ लगाइएको छ । अमेरिकाको इलेक्ट्रनिक्स टेक्नलजिको ठूलो कम्पनी एप्पललाई यो टयारिफबाट बाहिर राखिएको छ ।
एप्पल फोनका लागि चीनबाट निर्मित वस्तुहरूको आयात गरिन्छ ।
ट्रम्प नेताका साथ साथ व्यापारी पनि हुन् । उनले व्यापारिक मित्रको हित र राजनीतिक रणनीति बनाउन ध्यान दिएको हुनुपर्छ ।
भारतसँगको सन्दर्भमा दिइएको यो अभिव्यक्तिलाई हेरौं । अमेरिकाले भारतसँग नयाँ व्यापार नीतिसम्बन्धी सम्झौता गर्छ भने त्यसलाई कार्यान्वयन गर्न कम्तीमा चार वर्ष लाग्नेछ ।
भारतमा टयारिफ उच्च भएपनि उसले यसमा धेरै सुधार गर्दै आएको छ । १९९०को दशकमा भारतमा टयारिफ रेट ३०० प्रतिशत थियो ।
अहिले १० प्रतिशतमा झरेको छ । यो विश्वव्यापार संगठनको रणनीति अनुसार भएको हो ।
यस्तोमा टयारिफ नीति अन्तर्गत अमेरिकाले चीनमाथि लगाएको नीतिलाई कठोर बनाउने कामलाई निरन्तरता दिने हो भने यो उसको रणनीतिको हिस्सा हुन सक्नेछ ।
चीनले विश्वबाट केही किन्दै मात्र बेच्ने गरेको एक सैद्धान्तिक भनाइ छ ।
आज विश्वको कुल कारोबार १६ ट्रिलियन डलर बराबरको छ ।
चीनसँग ३.३ ट्रिलियन डलरको सञ्चिति छ । यहाँ सञ्चितिको अर्थ यो धनलाई विश्वको बजारमा खर्च गरिएको छैन् ।
यो रकम चीनले विश्वको बजारमा खर्च गर्ने हो भने विश्वको २० प्रतिशत जनसंख्याको आवश्यकता पूर्तिका लागि खरिद गर्नुपर्ने हुन्छ ।
यो खरिदबाट बजार विस्तार हुन सक्ने छ । अमेरिकाले यो बजारका लागि यस्तो गरेको हो भने अमेरिकाको दीर्घकालीन रणनीति सही देखिएको उनले जनाए ।
तर यसका लागि ट्रम्पले लिएको बाटो सही छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया