काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलवारदेखि काठमाडौंमा सुरु हुँदैछ । आजको उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ ।
खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने छैटौं संस्करणको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका छ ।
साफमा नेपाल र भुटानको हेड टु हेड
नेपाल र भुटान दुई फरक समूहमा परेका कारण सन् २०१० र २०१२ मा भेट नै भएकाे थिएन । २०१४ मा पाकिस्तानको इस्लामावादमा भएको साफको तेस्रो संस्करणमा नेपालको भुटानसँग भेट भएको थियो । नेपालले समूह चरणमा भुटानलाई ८–० को फराकीलो गोल अन्तरले गरेको थियो ।
त्यस्तै, भारतको सिलिगुढीमा भएको चौथो संस्करणमा पनि नेपाल र भुटनको भेट भएको थियो । समूह चरणको खेलमा नेपालले भुटानलाई ८-० को गोल अन्तरले नै पराजित गरेको थियो ।
त्यसपछि पाँचौ संस्करणमा नेपालको घरेलु मैदानमा साफ आयोजना भएको थियो । विराटनगरमा आयोजित उक्त संस्करणमा नेपालले समूह चरणका खेलमा भुटानलाई ३–० गोल अन्तरले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया