सन्दिपविरुद्ध अनुसन्धान सुरु, जाहेरीमा के छ ?

लोकपथ
315
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी उजुरीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान अगाडि बढाएको छ । लामिछानेमाथि जबरजस्ती करणी कसूरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको छ ।

जाहेरीमा १७ वर्षीया नाबालिकाले लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याइ रातको ११:५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेको उल्लेख छ ।

भदौ ६ गते राति अन्दाजी १२:२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?