लाेकपथ टप फिप्टिन : जनार्दनकाे गर्जनदेखि सन्दीप लामिछानेमाथी अनुसन्धानसम्म

लोकपथ
77
Shares

१ . राष्ट्रिय सभामा रिक्त चारवटा विषयगत समितिको सभापतिका लागि गरियो मनोनयन दर्ता, समितिका सभापतिको निर्वाचन भोलि दिउँसो १ बजे हुँदै ।

२. सरकारले चुनावलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गरेको नेकपा एमालेको आरोप, तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी ।

३. नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गरे उपमहासचिव पद अस्वीकार, पार्टीमा सही नेतृत्व र नीतिको मात्रै सर्मथन गर्न कार्यकर्ताहरुलाई आग्रह ।

४. दशैंका लागि अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले सहुलियत प्रदान गर्ने ।

५. महामारीका रुपमा फैलिँदै गरेको डेंगुलाई तत्काल नियन्त्रण गर्नका लागि सांसदहरुले गराए सरकारको ध्यानाकर्षण, हालसम्म ७१ जिल्लामा फैलिसकेको र बढ्नेक्रम जारी भएकाले डेंगुको निःशुल्क उपचारको व्यवस्था गर्न माग ।

६. चाडवाडको मुखमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन, बजार अनुगमन अलपत्र ।

७. संस्कृति संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजानुपर्नेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको जोड, सांस्कृतिक महत्व बोकेका पर्वहरुको जगेर्नाका लागि सबै पक्षले समर्थन र सहयोग गर्नुपर्ने भनाइ ।

८. आजबाट इन्द्रजात्रा सुरु, हनुमानढोकामा इन्द्रध्वजा उत्थोलन गरियो, यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागीहरु पनि हुने काठमाडौं महानगरद्वारा जानकारी ।

९. बजार र ढुवानीमा समस्याका कारण नेपाली स्याउ बारीमै कुहिँदै, चीन र भारतबाट भने एक महिनामै भित्रियो ७० करोडको स्याउ ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ८ सय ३६ परीक्षणमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ७८ जना संक्रमणमुक्त ।

११. कारोबारको चौथो दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक ११.९७ अंकले घट्दा करोबार रकम ८२ करोड ६२ लाखमा सीमित ।

१२. दक्षिणी युक्रेनको रुसी नियन्त्रित बन्दरगाह सहरमा भएको कार बम विस्फोटमा रुसी अधिकारी गम्भीर घाइते, आक्रमणको पछाडि युक्रेनी आतंकवादी जिम्मेवार भएको रुसी अधिकारीहरूको दाबी ।

१३. दक्षिणी भियतनामको कराओके बारमा भिषण आगलागी, आगलागीमा परी १२ जनाको मृत्यु, ११ जना घाइते ।

१४. नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी, घटनाबारे थप अनुसन्धान गर्दै प्रहरी ।

१५. श्रीलंकामा जारी साफ यु–१७ पुरुष फुटबलमा नेपालले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दै, भुटानलाई हराएर सुखद् सुरुवात गर्ने योजनामा नेपाल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?