हरियाणा । भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ ।
भदौ ३१ गतेदेखि शुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिकैको जलस्रोतमा लगेर विसर्जन गरिन्छ । भक्तजनहरूले मूर्तिहरू विसर्जनका लागि ठूलो लस्कर निकाल्छन् ।
महेन्द्रगढमा कनिना–रेवारी सडकखण्डस्थित झगडोली गाउँ नजिकैको नहरमा गणेशमूर्ति विसर्जन गर्न गएका करिब ९ जना पानीको तीव्र बहावमा बगेका छन् । राति अबेरसम्म नहरबाट आठ जनालाई निकालिएको थियो । जसमध्ये चार जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया