१. आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची दुई दिन भित्र बुझाउन दलहरूलाई निर्वाचन आयोगको आह्वान, स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रतिनिधि र प्रदेश सभा चुनावमा भाग लिन नपाउने ।
२. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान प्रतिशोध साँध्ने र झुटो भएको अधिवक्ता ओमप्रकाश अर्यालको दाबी, जबराको दाबी सार्वजनिक तथ्यबाटै आधारहीन रहेको भनाई ।
३. नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्नु पर्नेमा जोड ।
४. चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु औपचारिक भ्रमणका लागि सोमवार नेपाल आइपुगे, सभामुख अग्नीप्रसाद सापकोटाले गरे स्वागत, लीले राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतासँग भेटवार्ता गर्ने ।
५. प्रतिनिधि र प्र्रदेश सभा चुनावका लागि सरकारले थाल्यो विशेष सुरक्षा तयारी, ७५ हजार नेपाली सेना, ३२ हजार सशस्त्र र ६५ हजार नेपाल प्रहरी परिचालन गरिने ।
६. न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीद्वारा हस्तक्षेप, प्रदर्शनकारी माथि लाठी प्रहार, ६० जना पक्राउ ।
७. ललितपुरस्थित फूल्चोकी जंगलमा गएराति सर्लाही घर भएकी ४० वर्षीया महिलाको हत्या, हत्या गरेको आरोपमा एकजना पुरुष पक्राउ, घटनाबारे प्रहरीले अनुसन्धान गर्दै ।
८. धनगढी पुगेर डा. गोविन्द केसीले सुरु गरे २० औं सत्याग्रह, चिकित्सा शिक्षा सुधारका विषयमा ७ बुँदे माग, सरकारले दुई साता समय मागेर पनि माग पुरा नगरेको आरोप ।
९. आन्तरिक राजस्व कार्यालय महाराजगन्जकी कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको आरोप ।
१०. पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १७१ जना संक्रमण मुक्त, एक जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७१ मा झर्यो ।
११. साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १३.५९ अंकले घट्दा कारोबार रकम भने ८३ करोडमा सीमित ।
१२. युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा रहेको एक अस्पतालमा रुसले ग¥यो हवाई हमला, अस्पतालको भवन पूर्ण ध्वस्त, रुसले नागरिक लक्षित आक्रमण गरेको युक्रेनको आरोप ।
१३. ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार ट्युनिसियाको तटमा दुर्घटना, दुर्घटनामा परी ११ जनाको मृत्यु, १४ जनाको उद्धार, १२ जना अझै बेपत्ता ।
१४. नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले हात पार्यो पहिलो जित, मधेश प्रदेश ६ विकेटले पराजित ।
१५. श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज श्रीलंकाको सामना गर्दै, नेपालीसमय अनुसार राति ८ः१५ बजे सुरु भएकाे खेलमा श्रीलंकालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया