काठमाडौं । पश्चिमी टोरन्टोमा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार गोलीकाण्डमा कम्तीमा तीन जना घाइते भएका छन्।
एक सशस्त्र संदिग्धको बारेमा प्रहरीले अलर्ट जारी गरेको छ । अलर्ट जारी गरेको केही समयपछि मिल्टननजिक प्रहरीले अर्का संदिग्धलाई पक्राउ गरेको थियो ।
मिल्टन प्रहरीले ट्वीट गरेको छ, ‘एक जनाको घटनास्थलमै मृत घोषणा गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ ।’
पछिल्ला वर्षमा क्यानडामा सामूहिक नरसंहारका घटनामा वृद्धि भएका छन् । सेप्टेम्बर ४ मा दुर्गम सास्काचेवानमा छुरा प्रहार हुँदा आदिवासी समुदायमा १० जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
ओन्टारियोका प्रिमियर डग फोर्डले ट्वीटरमा भनेका छन, ‘टोरन्टोका एक प्रहरी अधिकारीको हत्यासहितको मूर्खतापूर्ण हिंसाबाट म त्रसित छु ।’
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया