इडिनवर्गबाट एलिजाबेथको शव बकिंघम प्यालेसमा पुर्‍याइयो (फोटोफिचर)

लोकपथ
168
Shares
तस्बिर : सीएनएन

काठमाडाैं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । इडिनवर्गबाट उनको शव बकिंघम दरबारमा लगिएको हो ।

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने भएको छ । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ। अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।

हेर्नुहोस् तस्बिर :

तस्बिर : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?