बैंक तरलता बलियो पारी व्यापार युद्ध जित्ने चिनियाँ योजना

एजेन्सी : अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनले सञ्चित कोषको रूपमा बैंकमा राखिने नगद परिमाण दरलाई कटौती गरी अर्थतन्त्रलाई सहयोग गर्ने नीति लिएको छ ।

चीनको वित्तीय प्रणालीमा १ खर्ब ९ अर्ब अमेरिकी डलर नगद प्रवेश गराउने छ ।  

यो वर्षमा चीनको केन्द्रिय बैंकले नगद सञ्चित कोषमा राख्नुपर्ने नगद मौज्दातमा गर्न लागेको यो दर कटौती चौथो पटक हो । 

केन्द्रिय बैंकले  आधार बिन्दुबाट १००को अनुपातमा यो कटौती गर्ने जनाएको छ । यो १५ अक्टोबरदेखि लागु हुने छ ।

अहिले ठूला वाणिज्य बैंकहरूका लागि १५.५ प्रतिशत र साना बैंकका लागि १३.५ प्रतिशतको प्रावधान तय गरिएको छ ।

पिपुल्स बैंक अफ चाइनाको यो कदमबाट तरलतामा १.२ ट्रिलियन युयान बराबरको प्रसारण हुनेछ ।

यसमा ४ खर्ब ५० अर्ब युयान परिपक्व ऋणका लागि र ७ खर्ब ५० अर्ब वित्तीय प्रणालीमा प्रसार गरिने जनाइएको छ ।

अमेरिका र चीन दुबैले एक अर्काको उत्पादनमा थप महशुल थपेर व्यापार युद्ध तीव्र परिरहेका छन् । यसबाट विश्वको अर्थतन्त्रलाई असर पर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?