आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
49
Shares

१. असोज १ गते राति १२ बजेबाट संसद अधिवेसन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय, शनिबार प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै ।

२. बयानमा हस्ताक्षर गर्न आनाकानी गरेका निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले अन्तत गरे ६५ पृष्ठ बयानमा हस्ताक्षर, अझै १०९ पेजमा हस्ताक्षर गर्न बाँकी, महाभियोग प्रक्रिया लम्ब्याउन जबराले बद्नियत राखेको महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माको आरोप ।

३. २०७४ सालको निर्वाचनका समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः खारेज हुने निर्वाचन आयोगको भनाई, आगामी मंसिर ४ को चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्ने कार्यतालिका ।

४. संसदको कार्यकाल सकिनासाथ गाउँ फर्कन पार्टीका सांसदलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन, संकटका बेला पार्टीलाई साथ दिएको भन्दै सांसदहरुलाई दिए धन्यवाद ।

५. अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको काठमाडौं महानगरले आज बानेश्वरका अवैध संचरनामाथि चलायो डोजर, सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन डोजर चलाएको महानगरको भनाइ ।

६. धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन्–झन् जटिल बन्दै, डा. केसीको मागप्रति सरकार गम्भीर रहेको र मागका विषयमा गहन छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको भनाइ ।

७. राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका निकायलाई निर्देशन, चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ सजग रहन सरकारलाई आग्रह ।

८. भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, पटक–पटक मूल्य घट्दा पनि नेपाल आयल निगमले भने गरेन समायोजन ।

९. राजनीतिक आमसभाले सिराहामा एक विद्यालयको पठनपाठन नै प्रभावित, एमाले अध्यक्ष केपी ओली सहभागी रहेको आमसभाका लागि विद्यालय नै गरियो बन्द ।

१०. पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि, १ सय २६ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २ हजार ६२ मा झर्यो ।

११. साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १४.१० अंकले घट्दा ९१ करोडको कारोबार ।

१२. रुस र युक्रेनबीच युद्ध सुरु भएयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच पहिलोपटक भेटवार्ता, चाइनाको सन्तुलित अडानका लागि पुटिनले दिए धन्यवाद ।

१३. युक्रेनको पूर्वी सहर इजियममा ४ सय ४० भन्दा बढी शव रहेको सामूहिक चिहान फेला, शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान, फरेन्सिक अनुसन्धानको तयारी ।

१४. प्रधानमन्त्री शेरबहादुर देउवाले गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक, प्रतियोगिताका लागि सरकारले पहिलोपटक बनाएको रनिङ ट्रफी प्रदर्शनीका लागि सातै प्रदेश पु¥याइने

१५. भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश, उपाधिका लागि ३ गते बंगलादेशसँग भिड्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?