एजेन्सी : दुर्गा नामले चिनिएकी भारतकी पहिलो टेस्टटयुब बेबी कानुप्रिया अग्रवालले ४०औं जन्मदिवस मनाएकी छिन् ।
बाँझोपन र टेस्टटयुब बेबी सेन्टरद्वारा आयोजित एक सेमिनारमा भाग लिन ३ अक्टोबर १९७८मा जन्मेकी कानुप्रिया पहिलो पटक महाराष्ट्र पुगिन् ।
डा खुर्दसको सो सेन्टरमा आयोजित कार्यक्रममा सहभागीहरूले बाँझोपन र टेस्टटयुब बेबीका विषयमा बोलेका थिए ।
कार्यक्रममा पहिलो टेस्टटयुब बेबीको पहिचान गराइएको थियो ।
तपाई एक टेस्टटयुब बेबी भएको कसरी थाहा पाउनु भयो भनि सोधिएको प्रश्नको जवाफमा उनले भनिन् “जब म हुर्के अनि यो सत्यबारे थाहा पाए ।
मैले थाहा पाएँ मेरा आमाबाबु कसरी मेरो स्वास्थ्यका बारेमा चिकित्सकहरूसँग पटक पटक भेटिरहन्थे र मेरो बाल्यपनमा उनीहरूले कसरी मेरो हेरचाह गरे ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया