गोठाटार गोली काण्ड छानबिन गर्न समिति गठन

लोकपथ
21
Shares

काठमाडौं । गोठाटारमा गोली प्रहार गरी मारिएका सलार्ही हरिवन नपा–२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जी घटनाको अनुसन्धानका लागि प्रहरीले एसएसपीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो ।

लाल मोहम्मद हत्या घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले बताएको छ ।

मोहम्मदको सोमबार साँझ अपरिचित आक्रमणकारीले लखेटीलखेटी गोली हानी फरार भएका थिए। उनको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?