साउदीको शाही परिवारका सदस्यहरूमा भिन्न प्रकारको भय रहेको पाइन्छ । ती डरहरू यस प्रकारका छन् ।
१.साउदी अरबको शाही परिवार सत्तामा आफ्नो पकड बनाइराख्न सधैँ सतर्क रहेको छ । जानकारहरुका अनुसार वर्तमान समयमा साउदी राजपरिवार भित्रै पनि मतभेद रहेको छ । साउदीलाई इस्लामिक विश्वमा कतै इरान त हावी हुने होइन भन्ने डर छ ।
२.राजतन्त्रविरुद्ध कतै साउदी नागरिकहरुले विद्रोह नगरुन् । इतिहासमा टयूनिसिया र इजिप्टमा जसरी नागरिकहरुले विद्रोह गरेर आफ्नो सत्तालाई फ्याक्ने हो कि भन्ने निरन्तरको भय छ ।
३.सुन्नी चरमपन्थीको बृद्धिसँग पनि साउदीलाई डल लाग्छ । कतै त्यीनले आफूहरुलाई भ्रष्ट र गैर–इश्लामिक घोषित गर्लान् भन्ने उसमा डर छ । यही कारण अल–कायदा र इस्लामिक स्टेटको उदय पनि साउदी शाही परिवारको लागि डराउने कुरा हो ।
४. पूर्वी प्रान्तहरुमा शियाको उदय पनि साउदीको लागि चिन्ताजनक छ । साउदी अरबको पूर्वी प्रान्तहरुमा ठूलो तेल भण्डार रहेको छ र सोही क्षेत्रमा अल्पसंख्यकको बसोबास छ ।
५.सीमामा इरानको बढ्दो प्रभावले पनि साउदी अरबको शासकहरुलाई अत्याउँछ । खास गरि बहराइन र यमनको सीमा क्षेत्रमा इरानको बढ्दो प्रभावबाट साउदी चिन्तित छ ।
६.यदि अमेरिकाले साउदी राजपरिवारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएर, पक्षधरता बदल्दै इरानतर्फ गयो भने पुरै स्थिति बदलिनेछ ।
७.मुस्लिमहरुको पवित्र स्थललाई लिएरु शाही परिवारबाट भरोसा उठ्ने डर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया