अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको साइकल र्‍याली

लोकपथ
546
Shares

काठमाडौं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ । शनिवार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट शुरु भएको र्‍याली वसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट शुरु भइ वसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको आायेजनामा भएको साइकल र्‍यालीमा विभिन्न स्थानबाट गरी १ हजार भन्दा बढीले सहभागीता जनाएका थिए ।

साइकल र्‍याली सकिएपछि वसन्तपुरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा स्काउटले काम गरिरहेको बताए ।

उनले कुनैपनि बालबालिकामाथि हुने हिंसा र अन्य हिंसात्मक गतिविधि नहोस् भन्नका लागि स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्तिपूर्ण र सचेतनामुलक कार्यक्रमको आयोजना गरेको बताए । उनले नेपाल शान्तिप्रिय बुद्धभूमि भएकाले पनि सबै नेपालीले शान्तिको लागि आह्वान गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा हामी लागि परेका छौँ । कुनैपनि हिंसा नहोस् भनेर स्काउटले यो अभियान शुरु गरेको छ । शान्तिको लागि आह्वान गर्न अनुरोध गर्दछु ।’

त्यस्तै, नेपाल स्काउट तारकेश्वर नगरपालिकाका उपसंयोजक पूर्णप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा शान्तिपूर्ण कार्यक्रम गरेर शान्तित्वको स्थापना गर्नुपर्ने सन्देश दिएको बताए। उनले साइकल र्‍यालीमा करिव १ हजार जनाले सहभागिता जनाएको बताए। उनले र्‍याली तारकेश्वर नगरपालिकाबाट शुरु भइ वसन्तपुरमा पुगेर सकिएको बताए ।

साइकल र्‍यालीमा भक्तपुर, पाटन, तारकेश्वर, टोखा लगायत काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाहरुबाट शान्तिको सन्देशका लागि आम नागरिकहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?