काठमाडौं । उत्तर कोरियाले दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी नेतृत्वको सैन्य अभ्यासलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तरले दुई वटा व्यालिष्टिक मिसाइल प्रहार गरेको हो ।
उत्तर कोरियाको दक्षिणपूर्वी क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाको सेनाको जोइन्ट चिफ अफ स्टाफले जनाएको छ । यो दुई साताको अवधिमा सातौँ परीक्षण हो । परीक्षणबारे थप जानकारी भने दिइएको छैन् ।
‘हाम्रो निगरानी र सतर्कतालाई सुदृढ गर्दै गर्दा हाम्रो सेनाले अमेरिकासँग नजिकको सहयोगमा पूर्ण तत्परता कायम राखेको छ’, जोइन्ट चिफ अफ स्टाफले विज्ञप्तिमा भनेको छ । जापानका रक्षामन्त्री तोसिरो इनोलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्टअनुसार दुवै मिसाइल १०० किलोमिटरको उचाइमा पुगेका थिए ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया