१. आगामी निर्वाचनका लागि परेको उम्मेदवारीविरुद्ध आज उजुरी दर्ता, डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी रद्ध गर्न उजुरी पर्यो, नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक भएको दाबी ।
२. आगामी निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न हुने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको विश्वास, संविधानको रक्षा गरी आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागिपरेको दाबी ।
३. रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारीलाई निर्वाचन आयोगले दियो आधिकारिकता, खिमलाल भट्टराईको उम्मेदवारी खारेजीसँगै एमालेले राष्ट्रिय सभामा गुमायो एक सिट ।
४. लगातारको अविरल वर्षका कारण देशभर धनजनको ठूलो क्षती, मुगुमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, कालिकोटमा शव जलाउन गएका १३ मलामी बेपत्ता ।
५. राष्ट्रपति विद्यादेवी भण्डारीमा कोरोना संक्रमण पुष्टि, ज्वरो आउने, टाउको दुख्ने लगायत समस्या आएसँगै शनिबारदेखि अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुक ।
६. गठबन्धनलाई बलियो बनाएर जनता माझ जान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रह, मुलुकलाई निकास दिन गठबन्धन आवश्यक भएको भन्दै बलियो बनाएर जानुको विकल्प नभएको जिकिर ।
७. १०३ वर्षीय सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर, १८ दिनदेखि उपचाररत् जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा राखेर उपचार हुँदै ।
८. नेपाल विद्युत् प्राधिकरणले राखेका चार्जिङ स्टेसनमा विभिन्न कम्पनीका गाडी चार्ज गर्न नमिलेपछि ग्राहकहरु असन्तुष्ट, सीसीएस चार्जर आयात हुन समय लाग्ने भएकाले जडानमा ढिलाइ भएको आयोजना प्रमुख सागरमणि ज्ञावालीको भनाइ ।
९. हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने
काठमाडौं विश्व विद्यालयको ग्रिन हाइट्रोजन ल्यावका अनुसन्धानकर्ताहरुको भनाई, जलवायु परिवर्तनका कारण विभिन्न असरहरु देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड ।
१०. साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक २७.२६ अंकले घट्दा कारोबार रकम १ अर्ब नजिक ।
११. नेपालमा साउनबाट देखा परेको डेंगु संक्रमण ७६ जिल्लामा फैलियो, हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुग्यो, ३३ हजार ९ सय ७५ संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक ।
१२. नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा ८० जना यात्रु सवार डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु, डुंगा पल्टिनु अघि पुलमा ठोक्किएर इन्जिन फेल भएको खुलासा ।
१३. मध्य भेनेजुएलामा गएको पहिरोमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु, ५० बेपत्ता, बाढीले दर्जनौँ घर तथा व्यवसाय ध्वस्त, करिब एक हजार मानिसको उद्धार ।
१४. नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई ७ दिन थुनामा राख्न अदालतको आदेश, आफूमाथि उजुरी दिने किशोरी नाबालिका नभएको सन्दीपको बयान ।
१५. र बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने, नेपालले पहिलो खेल भुटानविरुद्ध खेल्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया