ठूला राजनीतिक दललाई बागी उम्मेदवारको चिन्ता छ भने साना दलमा गठजोडको आशा अझ कायमै छ । कतीपय नेता टिकट नपाउँदाको नैरश्यतालाई आ–आफ्नै ढंगबाट सार्वजनीक फोरममा व्यक्त गरिरहेका छन् ।
चुनावलक्षित मत सर्वेक्षण र प्रकाशन नगर्न निर्वाचन आयोगले पुनः स्मरण गराएसँगै अनलाईन, छापाखाना जस्ता संचार माध्यमहरु सतर्क भएका छन् । आयोगले पनि मतपत्रको छपाई आजबाट सुरु गरेको छ ।
उता सन्दिप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतले अनुमाती दिएको छ ।
त्यस्तै, आजको लोकपथ टप फिप्टिनमा नाइजेरीको भिषण बाढी र इरानमा जारी विरोध प्रदर्शनको अपडेटसम्बन्धी समाचारहरु पनि समेटिएका छन् ।
१. प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका ९ जना उम्मेदवारविरुद्ध सर्वोच्चमा रिट दायर, विजयकुमार गच्छदार, सरिता गिरी, गोविन्दराज जोशी, बिक्रम पाण्डे, प्रभु साह, टेकबहादुर गुरुङ, लक्ष्मी महतो, युद्धविक्रम तामाङ र रेवतराज पुरीविरुद्ध रिट ।
२. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लिएर मत सर्वेक्षण र प्रकाशन नगर्न निर्वाचन आयोगको आग्रह, आचारसंहिता विपरीत काम गर्नेलाई कारबाही गरिने आयोगको चेतावनी ।
३. चिनियाँ राजदूत होउ यान्छी र गृहमन्त्री बालकृष्ण खाँणबीच बिदाइ भेट, भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल ।
४. प्रतिनिधि सभा र प्रदेश सभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न नेपाली कांग्रेसको आग्रह, ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने ।
५. सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति लोसपाको आपत्ति, गठबन्धनको उक्त निर्णय असोज २२ मा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर ।
६. स्वदेशी तथा विदेशी प्रतिकृयावादीहरुले आफ्नो टिकट रोकेको नेकपा एमालेका नेता भीम रावलको आरोप, चुनाव लड्न नपाए पनि पार्टी नछाड्ने बरु राजनीतिको गति र मति अनुसार आगामी बाटो तय गर्ने अडानमा रावल ।
७. आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम आजबाट सुरु, ४९५ किसिमको मतपत्र छापिने, मतपत्रमा उम्मेदवारको चुनाव चिह्न मात्र हुने ।
८. दरबारमार्गस्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ, घटनामा प्रयोग गरिएको ३ थान खुकुरी र दुईवटा मोटरसाइकल प्रहरीद्वारा बरामद, घटनाबारे अनुसन्धान हुँदै ।
९. अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभरर्सिटी भिसा (ईडीभी) खुलाएसँगै आवेदन दिनेहरुको भीड बढ्दै, फोटो स्टुडियोदेखि साइबरसम्म नागरिकता बोकेका युवा युवतीको लर्को ।
१०. पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टी, २१ जना संक्रमणमुक्त, देशभर अझै छन् ६२२ जना सक्रिय संक्रमित ।
११. साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि, नेप्से परिसूचक ४.१५ अंकले बढ्दा कारोबार रकम ८२ करोडभन्दा माथि ।
१२. नाइजेरियामा एक दशकपछि आएको बाढीमा परेर करिब ५ सय जनाको मृत्यु, १४ लाख मानिस विस्थापित, १ हजार ५ सय ४६ व्यक्ति घाइते, जारी संकटले खाद्य असुरक्षा र मुद्रास्फीतिलाई अझ खराब बनाउने अनुमान ।
१३. इरानमा गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधका क्रममा राजधानी तेहरानलगायत देशभर तीब्र प्रदर्शन, १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग ।
१४. बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई दोस्रोपटक ५ दिनका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंको अनुमती, आफूमाथि झुटो आरोप लगाउँदै फसाउन खोजिएको भन्दै न्याय पाउने आशमा रहेको सन्दीपको बयान ।
१५. गण्डकी प्रदेशको पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता भोलीदेखि सुरु हुँदै, कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगीतामा सात प्रदेश र ४ विभागीय टोलीसहित ११ टिमले सहभागिता जनाउँदै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया