काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबल तर्फको प्रतिष्पर्धामा बिहीवार गण्डकी प्रदेशका महिला तथा पुरुष दुवै टोली अन्तिम चारमा प्रवेश गरेका छन् । बिहीवार बिहान नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र गण्डकी बीचको प्रतिष्पर्धा बराबरीमा सकिएपनि गोल अन्तरका अधारमा गण्डकी र आर्मी अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिष्पर्धामा २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । लिगको अन्तिम खेल खेलका दुवै टोलीले यसअघि समान ३ खेलमा जित दर्ता गरेका थिए । गोलको आधारमा गण्डकी प्रदेश समूहको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो ।
यस अघि पुरुष तर्फको खेलमा एपिएफले सुदूरपश्चिमलाई २७–६ पराजित गरेको थियो । सेमिफाइनलमा अब गण्डकीले लुम्बिनी प्रदेशसँग भिड्नेछ भने अर्को सेमिफाइनल खेल दुई विभागीय टोली सशस्त्र प्रहरी र आर्मीबीच हुनेछ ।
महिला तर्फको प्रतिष्पर्धामा गण्डकीले लुम्बिनीलाई ३५–९ र प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेका छन् । यसअघि एपिएफ र आर्मीले अन्तिम चारमा स्थान बनाएका थिए । फाइनल प्रवेशको लागि एपिएफले प्रदेश १ सँग खेल्दा गण्डकीले भने आर्मीको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया