नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा खेलाडीको मृत्यु

लोकपथ
504
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा दुर्घटनामा परेर एक खेलाडीको मृत्यु भएको छ । त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङका लागि प्रतिस्पर्धा गरिरहेका निसिम थापाको मृत्यु भएको हो ।

२३ वर्षीय थापाको १०० मिटर माथिबाट जमिनमा खसेपछि उनलाई मेट्रोसिटी अस्पताल पठाएको थियो । उपचारको क्रममा अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?