काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजि यात्रामा लिभरपुल तगारो बनेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १–० ले पराजित गर्यो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे । उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए ।
रेफ्रीमाथि अभद्र ब्यवहार गरेपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले दोस्रो हाफमा रातो कार्डको सामना गरेका थिए ।
हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । लिभरपुल भने लयमा फर्किएको जनाउन सफल भयो ।
१० खेलबाट २३ अंक बटुलको सिटी पहिलो खेलमा हार बेहोर्दै दोस्रो स्थानमा छ । समान खेलबाट शीर्षस्थानको आर्सनलको २७ अंक छ । लिभरपुल नौ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया