काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ ।
गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्यो । महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्यो ।
सेनाका सरद बि।क।, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।
स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
बास्केटबल : सेना फाइनलमा
नवौं राष्ट्रिय खेलकुद अन्तगत तनहुँमा भएको महिला ३ह३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गर्न सफल भएको छ । नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । निर्धारित समय सम्म स्कोर बराबर भएपछि थप गरिएको समयमा सिवाङ्गी लिम्बु र जेनिषा श्रेष्ठले स्कोर गर्दै सेनालाई सेमिफाइनलको यात्र तय गराए । निर्धारित समय सम्म सेना र गण्डकीले समान ६–६ अंकको स्कोर गरेको थियो ।
सफ्ट टेनिस : डबल्समा प्रहरी र एपिएफलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण विभागिय टोली नेपाल प्रहरी र एपिएफले बाँडेका छन् । पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं.१ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडी संयुक्त तेश्रो भए ।
यस्तै महिला तर्फ एपिएफले स्वर्ण जित्यो । एपिएफका भगवती बि.क र समृद्धि महर्जनको जोडीले एपिएफलाई स्वर्ण दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले संयुक्त तेश्रो हुदै कास्य पदक प्राप्त गरे ।
यस अघि हिजो सोमबार भएको एकल प्रतिस्पर्धामा प्रदेश नं. १ का युकेश योञ्जन र बागमतीका प्रदीप खत्री फाइनलमा प्रवशे गरेका छन् । यस्तै महिला तर्फ बागमती प्रदेशकी चन्द्रमाया राई र एपिएफकी समृद्धि महर्जनले फाईनलमा स्थान बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया