ओलीद्वारा प्रधानमन्त्री देउवालाई खुल्ला चुनौतिदेखि ४० दिनदेखि किशोरी बेपत्तासम्मका खबर (भिडियोसहित)

लोकपथ
42
Shares

देशमा चुनावको माहोल झन्–झन् तात्दै छ । आजै सत्ता गठबन्धनले आफ्ना उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिलसमेत गरे । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेटका लागि प्रधानमन्त्री देउवालाई खुला चुनौति नै दिए ।

उता, बैतडीमा ४० दिनदेखि बेपत्ता भएकी युवती अझै भेटिएकी छैनन् ।

डेंगु संक्रमणबाट ४९ जनाले ज्यान गुमाइसके ।

नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लव महिला क्रिकेट टीमलाई राम्रै दाउ लाग्यो, अष्ट्रलियामा जारी टी–२० मा नामिबिया पराजित, दक्षिण रुसमा हवाइ दुर्घटना, नाइजेरियाको चर्चमा आक्रमण लगायतका खबर आजको टप फिप्टिनमा समावेश छन् ।

१. आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धनले गर्यो संयुक्त अपिल, संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह ।

२. लाइभ डिबेटको लागि आफू तयार रहेको भन्दै नेकपा एमालेका अध्यक्ष ओलीले दिए कांग्रेस सभापति शेर बाहादुर देउवालाई चुनौति, आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै लाइभ डिबेट गर्ने चाहना ।

३. एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कटाक्ष, बयलगाडा वालाहरुले देशलाई अझै प्रतिगमन र अराजकतातिर लैजान खोजेको आरोप ।

४ नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दावी ।

५. उम्मेदवारी निष्क्रिय गर्न बागी उम्मेदवारलाई माओवादी केन्द्रले दियो थप समय, कात्तिक ४ गतेसम्म बागीहरुले उम्मेदवारी फिर्ता लिन सक्ने ।

६. जनताका हरेक समस्या समाधानका लागि आफू लागिपर्ने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको भनाइ, लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड ।

७. आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ३४ लाख ७१ हजार मतदातासहित बागमती प्रदेश पहिलो स्थानमा, सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा ।

८. बैतडीको सुर्नया गाउँपालिका–४ की १७ वर्षीया सिर्जना लोहार ४० दिनदेखि बेपत्ता, गत भदौ २३ मा गौरा पर्वबाट हराएकी लोहारको खोजी कार्य तीव्र

९. नेपाल एयरलाइन्सले बुझायो ७३ करोड ९ लाख ५५ हजार किस्ता, विगत तीनवर्षदेखि सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नगरेको निगमले आम्दानीमा वृद्धि भएसँगै बुझायो किस्ता ।

१०. नेपालमा डेंगु संक्रमणबाट मुत्यु हुनेको संख्या ४९ पुग्यो, थप एक जनाको मृत्यु हुँदा १ हजार ७ सय १४ जनामा डेंगु संक्रमण पुष्टि ।

११. बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेसँगै अर्थतन्त्रमा सुधारको संकेत, असोज महिनामा मात्रै वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १८ अर्ब रुपैयाँ पुग्यो ।

१२. नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परि दुई जनाको मृत्यु एक दर्जन बढी घाइते, आक्रमणकारीको खोजी कार्य जारी ।

१३. एक रुसी लडाकु विमान दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त, दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते ।

१४. अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा नामिबियाको पहिलो हार, नेदरल्याण्डस् पाँच विकेटले विजयी हुँदै ग्रुप ‘ए’को शिर्ष स्थानमा ।

१५. र पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिसको महिला क्रिकेटलाई डेब्युमै स्वर्ण, ३ स्वर्ण जितेर चर्चा कमाएकी जयरानीको अझै २ वटा प्रतिस्पर्धा बाँकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?