काठमाडौं । बेन्फिकासँग मंगलबार राति ३–२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यस समूहबाट पिएसजी र बेन्फिका अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
तेस्रो स्थानको युभेन्टस र चौँथो स्थानको मकाबी हैफाको समान तीन अंक छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले पिएसजीको सामना गर्नेछ भने बेन्फिकाले मकाबी हैफाविरुद्ध खेल्नेछ । पछिल्लो खेलमा मकाबी हैफालाई २–० को नतिजा सुम्पिएसँगै युभेन्टस दबाबमा परेको थियो ।
युभेन्टसलाई अन्तिम १६ मा प्रवेश गर्नका लागि बेन्फिका र पिएसजीविरुद्ध जित आवश्यक थियो । बेन्फिकासँगको हारपछि युभेन्टसका लागि पिएसजीविरुद्ध समूह चरणको अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । १७ औँ मिनेटमा एन्टोनियो सिल्भाको गोलमा बेन्फिकाले अग्रता लिएको थियो । २१ औं मिनेटा मोइस किनले युभेन्टसलाई खेलमा फर्काएका थिए ।
२८ औँ मिनेटमा मारियो र ३५ औँ मिनेटमा राफा सिल्भाले समान एक गोल गरेपछि बेन्फिकाले आफ्नो अग्रता ३–१ मा पुर्याएको थियो । ५० औँ मिनेटमा राफा सिल्भाले बेन्फिकाका लागि चौँथो गोल गरे । ७७ औँ मिनेटमा मिलिकले युभेन्टसका लागि दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि वेस्टन म्याकिनेले युभेन्टसका लागि तेस्रो गोल गरे पनि त्यो खेलमा फर्कन भने पर्याप्त भएन ।
समूह एच कै अर्को खेलमा पिएसजीले मकाबी हैफालाई ७–२ ले हरायो । पिएसजीको जितमा लियोनल मेस्सी र केलियन एम्बाप्पेले समान दुई–दुई गोल गर्दा नेयमारले एक गाल गरेका थिए । यस्तै, कार्लाेस सोलरले एक गोल गर्दा एक गोल आत्माघाती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया