एजेन्सी । सोमबार बिहान इण्डोनेसियाको जाकार्ताबाट एक सय ८८ यात्रु लिएर उडेको लायन एयरको बोइङ विमान समुद्रमा खसेको थियो ।
यात्रुहरुको खोजीको लागि ड्रोन र सोनार प्रविधि परिचाला गरिएको छ ।
लायन एयरका बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको इण्डोनेसियाका सञ्चारमध्यमहरुले जनाएको थियो । फ्लाइट नम्बर जेटी–६१० जहाज इन्डोनेसियाको राजधानी जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । जाकार्ताबाट १८८ यात्रु लिएर उडेको लायन एयरको बोइङ विमान उडे लगत्तै जहाज दुर्घटना भएको हो ।
जहाज दुर्घटनामा परेकाहरुको अहिले सम्म कसैको पनि जीवीतै उद्दार गरिएको छैन् । दुर्घटनाको कारण पनि अहिले सम्म पत्ता लागेको छैन् । तर जहाजको उडान भन्दा पहिला जहाजको र्ममत पनि गरिएको बीबीसीमा उललेख गरिएको छ । आकाशबाट जहाज खसेको समुन्द«मा भएका जहाजहरुले देखेका थिए ।
अनुसनधानमा खटिएकाहरुले जहाजको बल्यक बसको खोजी गरिरहेका छन् ।
खोज टोलीहरूले पानीबाट शरीरका टुक्रराहरु भेटाएका छन् । १० ओटा झोला भरिने गरि मानिसको शरीरको अङहरु भेटिएको छ र १४ ओटा झोलामा उनीहरुको कपडा सहित विभिन्न सामानहरूले भरिएको छ ।
त्यस सामानको पहिचानको लागि पठाइने जनाइएको छ ।
जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।
राष्ट्रिय खोज तथा उद्धार केन्द्रका अनुसार विमान समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट सम्पर्कविहीन भएको हो ।
अहिले पनि जहाज र यात्रुहरुको खोजी तथा उद्धार कार्य जारी छ ।
यसअघि पनि सन् २०१० मा पनि लायन एयरको हेलिकोप्टर बालीको समुद्रमा दुर्घटना भएको थियो । तर, सबै यात्रुलाई सकुशल उद्धार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया