काठमाडौं । काठमाडौंको सुगम देखि दुर्गम मानिने नाङ्ले भारेसम्म समेटिएको छ काठमाडौं क्षेत्र नं २ ।
२०४८ सालदेखि नै चर्चामा थियो काठमाडौं–२ । २०४८ को आम र २०५० को उपनिर्वाचनको तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ सोही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए ।
सहरदेखि गाउँसम्म फैलिएको सो क्षेत्रमा पटकपटक निर्वाचन आउँदा फरकफरक उम्मेदवारहरुले फरकफरक एजेण्डा लिएर गए पनि समस्या ज्यूँको त्यूँ रहेको मतदाताहरु बताउँछन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसम्मले सो क्षेत्रबाट प्रतिनिधित्व गरिसकेका छन् । ठूला नेताहरुको भागमा परे पनि विकासका कामहरु हुन नसकेको मतदाताहरुको गुनासो छ ।
आगामी निर्वाचनको लागि सो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, नेकपा एमालेका तर्फबाट मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, विवेकशील साझा पार्टीबाट धनेज थापा र स्वतन्त्रबाट प्रकाश अधिकारी लगायतले उम्मेदवारी दिएका छन् ।
लोकपथले सो क्षेत्रका विभिन्न स्थानमा पुगेर त्यहाँका मतदाताहसँग त्यहाँका समस्या र समग्र निर्वाचनका विषयमा कुरा गरेको छ ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया