काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा आयोजना हुने बीच भलिबलको खुला छनोट पूरा गरेको छ । एनभिएले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिसरमा रहेको कोर्टमा खुला छनोट गरेको हो ।
छनोटमा विजेता र उपविजेता भएका महिला तथा पुरुष दुवै टोलीलाई बन्द प्रशिक्षणमा राख्ने एनभिएले जनाएको छ । प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नु अघि मात्रै एक–एक टोलीको टुंगो लाग्नेछ । छनोटमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पहिलो भएको थियो ।
एपिएफ क्लबका राजकुमार निरौला र लक्ष्मण राना दोस्रो भएका थिए । महिलातर्फ नेपाल पुलिस क्लबका कोपिला उप्रेती र कमला पुनको जोडी पहिलो भएका थिए भने एपिएफ क्लबका निरुता थगुन्ना र रेश्मा भण्डारीको जोडि दोस्रो भए ।
बीच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म ढाकामा हुँदैछ । बीच भलिबलमा सहभागी हुन अफगानिस्तान, अष्ट्रेलिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ । प्रतियोगितामा सहभागी जनाउने सबै टोलीको टुंगो भने लागिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया