कतार विश्वकपमा देखिँदै छन् यस्ता फरक दृश्य

लोकपथ
217
Shares

कतारमा हुन लागेको २२ औँ संस्करणको विश्वकप फुटबलको दिनगन्ती सुरु हुन थालेको छ । आगामी मंसिर ४ अर्थात नोभेम्बर २० बाट सुरु हुने फुटबलको महाकुम्भ मेलामा यसपाली केही फरक दृश्य देखिँदैछ । उसो त दर्शकहरुले विगतका संस्करणमा भन्दा विल्कुल फरकपन पाउनेछन् ।

FIFA looks to start World Cup in Qatar 1 day earlier | Sports News,The  Indian Express

पहिलो नम्बरमा पर्छ, महिला रेफ्री । विगतका वर्षहरुमा फिफा पुरुष विश्वकपमा पुरुष रेफ्रीमात्र हुन्थे । यद्यपि, यसपालीबाट महिला रेफ्रीलाई पनि मैदानमा देखिनेछ । यस प्रतियोगिताका लागि ३६ रेफ्री छनोट गरिएको छ । तीमध्ये तीनजना महिला (यामाशिता योशिमी, सलिमा मुकानसांगा र स्टेफनी फ्रापार्ट) छन् । यसका साथै नौजा ब्याक, करेन डियाज मेडिना र क्याथरिन नेस्बिट पनि सहायक रेफ्री छन् ।

सेमी
अटोमेटेड अफसाइड टेक्नोलोजी कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपमा पहिलो पटक प्रयोग गरिने भएको छ । यसका लागि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘अर्धस्वचालित अफसाइड प्रविधि विश्वभर लागू गरिएको भिएआर प्रणालीको विकास हो ।’

विश्वकप फुटबलमा नयाँ भीएआर प्रविधि प्रयोग हुँदै, अफसाइड भए स्वतः पत्ता लगाउने | हेडम्वा न्युज

सेमी–स्वचालित अफसाइड टेक्नोलोजी र जडान बल टेक्नोलोजीको कार्यप्रवाह धेरै कार्यक्रममा सफलतापूर्वक परीक्षण गरिएको छ । फिफा अरब कप २०२१ र फिफा क्लब वर्ल्ड कप २०२१ लगायतका टूर्नामेन्टहरूमा प्रत्यक्ष रूपमा परीक्षण गरिएको थियो । यी खेलहरूको क्रममा, नयाँ प्रविधिले कम समयमा बढी सही निर्णय गर्न मद्दत गरेको पाइएसँगै विश्वकपमा पनि यसको प्रयोग गर्न लागिएको हो ।

पाँच सफ्टीच्यूट

कोरोना महामारी आएपछि प्रत्येक टोलीले तीनको सट्टा पाँच खेलाडी परिवर्तन गर्न पाएको थियो । यो नियम फिफा विश्वकपमा पनि लागु हुनेछ । यो निर्णय अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डले जुनमा घोषणा गरेको थियो ।

HUBLOT REIGNS SUPREME OVER EUROPEAN FOOTBALL | Hublot ID

यो नियम क्लब फुटबलमा व्यापक रूपमा प्रयोग भएको थियो र सबै टोलीका लागि उपयोगी साबित भयो । विश्वकपको समयमा पनि यो नियमले टोलीका प्रशिक्षकलाई नयाँ रणनीति बनाउन मद्दत गर्नेछ ।

प्रत्येक टोलीमा २६ खेलाडी

अहिलेसम्म प्रत्येक टोलीमा जम्मा २३ खेलाडी थिए तर कोरोना महामारीपछि यो संख्या २६ पुगेको छ । यस विश्वकपमा प्रत्येक टोलीमा २६ खेलाडी हुनेछन् । युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका कपमा पनि प्रतिटोली २६ खेलाडी राख्ने अनुमति दिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?