काठमाडौं । तीन वटा निर्वाचन क्षेत्र भएको कास्कीको सबै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी रहेका छन् ।
निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर १ मा ५२ हजार ६ सय ५० पुरुष मतदाता छन् भने यहाँ झण्डै ६ हजार बढी मतदाता रहेका छन् । यहाँ ५८ हजार ६४ महिला मतदाता रहेको तथ्यांक छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख १० हजार सात सय १५ मतदाता रहेका छन् ।
यस्तै, कास्की २ को कुल मतदाता ७९ हजार एक सय ३८ मध्ये ३७ हजार ९७ महिला मतदाता र ४२ हजार ४० पुरुष मतदाता रहेको तथ्यांक छ । कास्की ३ पनि पुरुषको तुलनामा तीन हजारभन्दा बढी मतदाता रहेको तथ्यांक छ । यहाँ कुल एक हजार एक सय ७५ मतदातामध्ये ४९ हजार दुई ९५ पुरुष र ५२ हजार चार सय ५२ पुरुष मतदाता रहेको आयोगको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया