काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सँगको पहिलो एक दिवसीय खेलमा नेपालको तर्फबाट डेब्यू गरेका खेलाडी अर्जुन साउदले अर्धशतक बनाएका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा साउदले अर्धशतक प्रहार गरेका हुन् ।
साउदले ७९ बल खेल्दै ५१ रन जोडेर बोल्ड आउट हुन पुगे । धनगढीबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा प्रतिनिधित्व गरेका साउद विकेटकिपर पनि हुन् । हाल नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको २ सय ६३ रनको लक्ष्य पच्छ्याइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया