यी हुन विश्वकपका शीर्ष गोलकर्ता जसले ‘गोल्डेन बुट’ पाए

लोकपथ
287
Shares

कतार विश्वकपको माहोल तातिसकेको छ । मंसिर ४ गतेबाट सुरु हुने कतार विश्वकपका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ । विश्वकपमा एउछा देशले त विश्वकप जित्छ नै तर विश्वकपमा अरुपनि धेरै विधाहरु छन् जसलाई फ्यानहरुले नियालिरहेका हुन्छन् ।

विश्वकप फुटबलमा को सर्वाधिक गोलकर्ता बने भन्ने पनि निकै चासो र महत्वका साथ हेरिन्छ । उरुग्वेबाट सुरु भएको विश्वकप कतारसम्म आइपुग्दा हाल सम्मका सर्वाधिक गोलकर्ता को हुन त ?

जर्मनीका मिरोस्लाभ क्लोस । हो जर्मनीका मिरोस्लाभ क्लोस हालसम्मका सर्वाधिक गोलकर्ता हुन् । क्लोस सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको २० औं संस्करणमा दुई गोल गर्दै विश्वकपको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । उनले जर्मन राष्ट्रिय टोलीबाट लगातार चार विश्वकप खेल्दै १६ गोल गरेका छन् ।

क्लोसले विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने क्रममा ब्राजिलका रोनाल्डोले गरेको १५ गोलको कीर्तिमान तोडेका थिए ।
क्लोज आफ्नो देश जर्मनीका समेत सर्वाधिक गोलकर्ता हुन् । उनले जर्मनीका लागि ७१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

उनीभन्दा अघि गर्ड मुलर ६८ गोलसहित सर्वाधिक गोलकर्ता थिए । मिरोस्लाभ क्लोसले खेलजीवनबाट सन्यास लिइसकेका छन् ।

विश्वकप फुटबलमा सर्वाधिक गोलकर्ता खेलाडीलाई गोल्डेट बुट दिने प्रचलन रहेको छ । विश्व कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट दिँदै आएको छ ।

कुन विश्वकपमा कसले गरे सर्वाधिक गोल ?

(१९३०) अर्जेन्टिनाका गुलिरमो स्टेविलले ४ खेलमा ८ गोल

(१९३४) इटालीका एंजेलो स्केभियो, चेकोस्लोभाकियाका वल्डरिच निजेडली र जर्मनीका एडमन्ड कोननले समान ४ खेलमा समान ४ गोल ।

(१९३८) ब्राजिलका लियोनिदास दा सिल्भाले ४ खेलमा ८ गोल ।

(१९५०) ब्राजिलका माक्युज एडमायरले ६ खेलमा ७ गोल

(१९५४) हंगेरीका सान्डोर कोसिसले ५ खेलमा ११ गोल ।

(१९५८) फ्रान्सका जस्ट फोन्टिनले ६ खेलमा १३ गोल ।

(१९६२) युगोस्लाभियाका ड्रागन जेकोभिचले ६ खेलमा ५ गोल ।

(१९६६) पोर्चुगलका फराइरा उस्बियोले ६ खेलमा ९ गोल।

(१९७०) वेस्ट जर्मनीका गेर्ड मुलर ६ खेलमा १० गोल ।

(१९७४) पोल्याण्डका गर्जगोर्ज लाटोले ७ खेलमा ७ गोल।

(१९७८) अर्जेन्टिनाका मारियो केम्पसले ७ खेलामा ६ गोल ।

(१९८२) मा इटालीका पावलो रोसीले ७ खेलमा ६ गोल गरेका थिए ।

(१९८६) इंग्ल्याण्डका ग्यारी लिनकेरले ५ खेलमा ६ गोल।

(१९९०) इटालीका सालभाटोर चिलासीले ७ खेलमा ६ गोल ।

(१९९४) रसियाका ओलेग सालेन्कोले ३ खेलमा ६ र बुल्गेरियाका ह्रिस्ठो स्टोचकोभले ७ खेलमा ६ गोल ।

(१९९८) क्रोएसियाका डाभोर सुकेरले ७ खेलमा ६ गोल ।

(२००२) ब्राजिलका रोनाल्डोले ७ खेलमा ८ गोल ।

(२००६) जर्मनीका मिरोस्लाभ क्लोजले ७ खेलमा ५ गोल।

(२०१०) जर्मनीका थोमस मुलरले ६ खेलमा ५ गोल ।

(२०१४) कोलम्बियाका जेम्स रोड्रिगेजले ५ खेलमा ६ गोल ।

(२०१८) इङल्याण्डका ह्यारी केनले ३ खेलमा ६ गोल

फिफाको पछिल्लो नियम अनुसार व्यक्तिगत स्कोर समान भएमा जो खेलाडीले गोल गर्नमा धेरै पास मिलाएको छ उसैलाई टप स्कोररको मान्यता दिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?