ब्रुनाको चम्किदा पोर्चुगलको सहज जित

लोकपथ
56
Shares
OSLO, NORWAY – JULY 30: Bruno Fernandes of Manchester United in action during the pre-season friendly match between Manchester United and Atletico Madrid at Ullevaal Stadion on July 30, 2022 in Oslo, Norway. (Photo by Ragnar Singsaas/Getty Images)

काठमाडौं । ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन् ।

यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर्नेछ । बेन्फिकाका १९ वर्षीय रक्षक एन्टोनियो सिल्भाले प्लेइङ सेटमै डेब्यु गरेका थिए । खेलको नवौं मिनेटमै ब्रुनोले अग्रता लिएका थिए । ३५ औँ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।

प्रशिक्षक फर्नान्डो सान्तोषले दोस्रो हाफमा ६ खेलाडी परिवर्तन गरेका थिए । रामोसले ८२ औँ मिनेटमा तेस्रो गोल गरेका थिए । ४५ हजार दर्शकमाझ मारियोले ८४ औँ मिनेटमा चौथो गोल गरेका थिए । पोर्चुगल विश्वकपको समूह एच मा छ । जुन समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन् । २२ नोभेम्बरमा घानासँग खेल्दै पोर्चुगलले विश्वकप यात्रा सुरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?