एजेन्सी । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ ।
प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई दिएको एम्बेसडर अफ कन्साइन्सस अवार्ड फिर्ता लिएको हो ।
एमनेस्टिका अनुसार, म्यान्मारमा अल्पसंख्यक रोहिन्ग्या समुदायका लाखौ मानिसले म्यानम्यार छोड्नु परेको घटनामा चुप रहेकोमा उपाधि फिर्ता लिने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया