महिला सांसद अन्डरवेयर लिएर संसद पुगेपछि……

काठमाडौं । आयरल्याण्डका एक सांसद अन्डरवेयर लिएर संसदमा पुगेकी छन् । 

सहमतिमा सेक्सको बहस चलिरहेको बेला आयरल्याण्डका सांसद रुथ कोपिन्जर लिएर संसदमा पुगेकी हुन् । अदालतको फैसलामा विवाद भएपछि बलात्कार पीडितमाथि आरोप लगाइएको थियो । उक्त आरोपको विषयमा कुरा उठाउन उनले संसदमा अन्डरवेयर लिएरै उपस्थित भएकि हुन् ।  

उनले संसदमा निलो रंगको फित्ता वाला अन्डरवेयर देखाउँदै भनिन्, ‘यहाँ थोङ देखाउन लाजमर्दो हुनसक्छ । तर, हामीले सोच्नुपर्छ कि एक महिलाको अन्डरवेयरलाई अदालतमा देखाइयो भने उसलाई कस्तो हुन्छ ?’

१७ वर्षीया किशोरी बलात्कारको मुद्दा सुनुवाईका क्रममा अभियुक्तका वकिलले अदालतमै भनेका थिए, ‘तपाईंले उसको पोशाकलाई पनि हेर्नुपर्छ । उनले थोङ (अन्डरवेयर) लगाएकी थिइन्,जसमा अगाडि फित्ता पनि थियो ।’

उक्त बलात्कारको आरोपमा न्यायाधीशले २८ वर्षीय युवकलाई दोषी ठहर गरेनन् ।

तर, एक्जामिनरको रिपोर्टअनुसार ‘के प्रमाणले यो सम्भावनालाई अस्वीकार गर्छ कि उनी अभियुक्ततर्फ आकर्षित थिइन्, भेट्न र साथमा बस्न सहमत थिइन् ? भन्ने प्रश्न गरेका थिए । 

‘तपाईंले हेर्नुपर्छ किउनले कस्तो कपडा लगाएकी थिइन् । उनले थोङ (अन्डरवेयर) लगाएकी थिइन्, जसको अगाडि फित्ता पनि थियो ।’ वकिलले न्यायाधीशलाई भने । 

यो रिपोर्ट सार्वजनिक भएलगत्तै डबलिन रेप क्राइसिस सेन्टरका प्रमुखले अधिवक्ताको बयानको आलोचना गरेकी छन् । साथै उक्त उनले कानुनी प्रक्रियामा सुधारको माग समेत गरेकी छन् ।

बिबिसिको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?