काठमाडौं । म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी नेपाल आउने भएकी छिन् ।
नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म आयोजना हुने एसिया प्यासिफिक समिटमा भाग लिन सुकी नेपाल आउने लागिएको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा सुकी नेपाल आउने छिन् ।
यता, क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि सम्मेलनमा भाग लिन नेपाल आउने भएका छन् ।
उनीहरुले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया