काठमाडौं । अफगानिस्तानको काबुल आक्रमणमा परी घाइते ११ नेपालीसहित १६ जना घाइते भएको छन् ।
बुधबार जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
आक्रमणमा परी घाइतेका मध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ ।
अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन ।
घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।
बुधवारको कार बम विस्फोटपछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो । घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बीबीसीले जनाएको छ ।
आक्रमणको जिम्मा तालिवानले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया